स्मार्टफोनलाई चाहिने पदार्थ भएको खानी जसका लागि पहिला लडाइँ, अहिले ट्रम्पको रुचि

भिडिओ क्याप्शन सुरु हुँदैछ,
स्मार्टफोनलाई चाहिने पदार्थ भएको खानी जसका लागि पहिला लडाइँ, अहिले ट्रम्पको रुचि

डीआर कङ्गो (डीआरसी) र रुआन्डाबीच भर्खरै भएको शान्ति सहमतिपछि डीआरसीको पूर्वी भेगमा लडाइँ टुङ्गिने र सुव्यवस्था कायम हुने आशा पलाएको छ।

तर तत्काल त्यसो होला भन्ने कुरामा मानिसहरूको मत विभाजित छ। त्यहाँ दशकौँदेखि भएको लडाइँमा परेर लाखौँ मानिसको मृत्यु भएको छ। उक्त क्षेत्रवरपर रहेका विभिन्न महत्त्वपूर्ण ठाउँलाई प्रतिद्वन्द्वी सशस्त्र समूहहरूले आफ्नो नियन्त्रणमा राख्दै आएका छन्।

महत्त्वपूर्ण खनिज पदार्थहरूका लागि यो द्वन्द्व हुँदै आएको हो। दुवै पक्षले त्यहाँका खानीलाई आफ्नो नियन्त्रण र प्रभावमा राख्न खोजेका छन्।

अहिले संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा दुई देशले शान्ति सहमतिमा हस्ताक्षर गरेका हुन्। अमेरिकाले उक्त खानीबाट आफूले पनि लाभ लिन पाउनुपर्ने बताएको छ।

बीबीसीले रुबायास्थित एउटा खानी हेर्ने अवसर पाएको छ। त्यहाँ कोल्ट्यान र अरू खानिज पदार्थ उत्खनन गरिन्छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्मार्टफोन र अन्य विद्युतीय उपकरण बनाउन चाहिने ती पदार्थमा रुचि राखेको ठानिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।