तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मैले मेरा बेपत्ता बुबालाई कति माया गर्छु भन्न पाइनँ
जबरजस्ती बेपत्ता पारिएका पत्रकारका छोरा भन्छन् आफ्ना बुबालाई कति माया गर्छु भन्न नपाएकोमा पछुतो छ। बेपत्ता पारिएको व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका दिन हरित एक्नेलिगोडाले आफ्नो कथा भनेका छन्।
देशमा राष्ट्रपतिको चुनाव हुन २ दिन अगाडी सन् २०१० ज्यानुअरी २४मा उनका बुबा प्रगिथ बेपत्ता हुँदा उनी १३ वर्षका थिए। प्रगित एक पत्रकार, कार्टुनिष्ट र मानव अधिकारवादी थिए। उनी श्रीलङ्काका तत्कालीन राष्ट्रपति महिन्दा राजपक्षको प्रशासनको आलोचनाका लागि चर्चित थिए।
सरकार र श्रीलङ्काको सेनाले उनको बेपत्ता हुनुमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ। एम्नेस्टि इन्टरनेशनलले श्रीलङ्कामा सन् १९८०को दशकको अन्त्यदेखि ६०,००० देखि १,००,००० मानिस बेपत्ता भएको अनुमान गरेको छ।
हेर्नुहोस् यो भिडिओ।