'म बाटोमै सुत्केरी भएँ तर फेरि हिँड्न थालेँ'
सुडानको डार्फरमा २० वर्षअघि नरसंहार भएको थियो। अहिले उक्त क्षेत्र फेरि द्वन्द्वमा फसेको छ र त्यहाँ सर्वसाधारण मानिसहरूले ज्यान गुमाइरहेका छन्।
खार्टूममा गत एप्रिल महिनादेखि देशको अर्धसैनिक बल 'र्यापिड सपोर्ट फोर्सेस' (आरएसएफ) र सुडानको सेनाबीच लडाइँ चर्किएपछि ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित भएका छन्। तीमध्ये अधिकांश महिला र बालबालिका छन्। उनीहरू शरण लिन छिमेकी देश चाड पुगेका छन्।
बीबीसीकी मर्सी जुमाले सुडान र चाडको सीमामा अवस्थित एउटा शरणार्थी शिविरमा गएर बालबच्चा लिएर भागेका सुडानी महिलाहरूसँग कुरा गरेकी छन्।
हेर्नुहोस् यो भिडिओ।
चेतावनीः यो सामग्रीमा गरिएको वर्णनले तपाईँलाई विचलित पार्न पनि सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









