‘तिलका पाँच ओटा लड्डु दुई थाल भातबराबर’

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘पाँच ओटा तिलको लड्डु दुई थाल भातबराबर’
‘तिलका पाँच ओटा लड्डु दुई थाल भातबराबर’

माघे सङ्क्रान्तिका दिन खाइने चाकुबारे धेरै चर्चा हुने गर्छ। यस दिन चाकुसँगै घिउ, तिलको लड्डु र भुजाको लड्डु पनि खाइन्छ।

चिसो समयमा चाकुले शरीरको तापक्रम कायम राख्न मद्दत गर्छ भन्ने विश्वास गरिन्छ भने धेरै सुत्केरी महिलाहरूले पनि यसको प्रयोग गरेको पाइन्छ।

खासमा चाकुमा त्यस्तो के छ? यो कसले खान मिल्छ वा मिल्दैन? र कति खानु ठिक हो?

यसबारे थाहा पाउन पोषणविद् आस्था कार्कीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।