भूकम्पपछि जाजरकोटमा सुत्केरी महिलाको अवस्था कष्टपूर्ण
भूकम्पपछि जाजरकोटमा सुत्केरी महिलाको अवस्था कष्टपूर्ण
कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि घर भत्किएर मानिसहरू खुला चौरमा बास बस्नुपरेको छ।
विशेषतः यहाँका सुत्केरी महिलाहरू कष्टपूर्ण अवस्थामा छन्। घर भत्किएपछि उनीहरू आफ्ना शिशु च्यापेर पालमुनि बस्नुपरेको छ।
गौरी रावल, काजल विक, सम्झना विक आफू र बच्चाका लागि न्यानो कपडा र पोसिलो खानेकुराको आश गरेर पालमुनि बसिरहेका छन्।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



