ओलिम्पिक्सका बेला प्यारिसबाट 'बेघर मानिस र आप्रवासीहरू निष्कासित'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
ओलिम्पिक्सका बेला प्यारिसबाट 'बेघर मानिस र आप्रवासीहरू निष्कासित'

प्यारिस ओलिम्पिक्स २०२४ लाई खेलकुदको उत्सवका रूपमा मात्र नभई आयोजक सहर प्यारिसका लागि दिगोपन र पुनर्निर्माणको अवसरका रूपमा पनि लिइएको छ।

तर स्थानीय निकायहरूले आप्रवासी, शरणार्थी र बेघर मानिसहरूलाई प्यारिसका सडकबाट निकालेर फ्रान्समा अन्यत्र पठाएको अभियानकर्ताहरूले दाबी गरेका छन्।

उनीहरूले त्यसलाई "सामाजिक सफाया" को सङ्ज्ञा दिँदै उक्त कदमबाट सडकमा आश्रित आप्रवासीहरू अप्ठ्यारोमा परेको बताएका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।