पत्नीलाई बेहोस बनाई दर्जनौँ मानिसलाई बलात्कार गर्न लगाउने फ्रान्सेली पुरुषलाई जेल

पत्नीलाई बेहोस बनाई दर्जनौँ मानिसलाई बलात्कार गर्न लगाउने फ्रान्सेली पुरुषलाई जेल

फ्रान्सको एउटा अदालतले जीजेल पेलिकोलाई आफ्नै पूर्वपतिले दर्जनौँ मानिसहरूलाई बलात्कार गर्न लगाएको मुद्दामा फैसला सुनाएको छ।

पूर्वपति र ५० जनालाई दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएपछि उनले आफूलाई समर्थन गर्ने सबै जनालाई धन्यवाद दिएकी छन्।

झन्डै एक दशकको अवधिमा डोमिनिक पेलिकोले जीजेललाई झुक्क्याएर लट्ठ्याउने औषधि दिई नचिनेका मानिसहरूलाई उनीसँग यौन दुर्व्यवहार गर्न बोलाउने गरेका थिए।

अदालतले डोमिनिकलाई २० वर्षको र अरू अभियुक्तहरूलाई तीनदेखि १५ वर्षको जेल सजाय सुनाएको छ।

जीजेल पेलिकोले हालेको बलात्कारको मुद्दा र उनले साहसपूर्वक आफू गोप्य नबसी भनेका कुराहरूले पूरै फ्रान्सलाई स्तब्ध बनाइदिएको थियो। उनको न्यायका लागि बोल्ने उनको अदम्य साहसको कदर गर्दै बीबीसीले उनलाई 'वर्षका १०० महिला' मा समावेश गरेको छ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।