जर्मन चिडियाखानामा जन्मिए दुर्लभ सुमात्रा बाघका दुई डमरु

जर्मन चिडियाखानामा जन्मिए दुर्लभ सुमात्रा बाघका दुई डमरु

जर्मनीको फ्र्याङ्कफर्टस्थित चिडियाखानामा जन्मिएका दुर्लभ सुमात्रा बाघका दुई डमरुलाई पहिलो पटक सार्वजनिक गरिएको छ। तिनीहरू गएको जुन महिनामा जन्मिएका थिए।

इन्डोनेशियाको सुमात्रा द्वीपमा मात्र पाइने अतिसङ्कटापन्न जातको उक्त बाघको उपप्रजाति लोपोन्मुख छ।

बच्चा जन्माउने उमेर पार गरिसकेका बाघ र बघिनीले जन्माएका यी डमरुलाई विशेष मानिएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।