गैँडाले खान थाले खैनी, बिस्कुट र चकलेटका खोल
गैँडाको बिस्टामा गरिएको एउटा वैज्ञानिक अध्ययनले उक्त दुर्लभ वन्यजन्तुको आहारविहारमा मानिसको गतिविधिले नराम्रो प्रभाव पारेको देखाएको छ।
दुर्लभ एकसिङे गैँडाको महत्त्वपूर्ण वासस्थान मानिने चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन वर्षमा भएको अध्ययनका क्रममा बिस्टाका २५८ वटा नमुना सङ्कलन गरिएको थियो। तीमध्ये १० प्रतिशतमा प्लास्टिकका टुक्राहरू भेटिएको अनुसन्धानकर्ताहरू बताएका छन्।
ती नमुनामा खैनी, बिस्कुट र चकलेटका खोल तथा अरू किसिमका प्लास्टिक भेटिएको थियो। त्यसबाट गैँडाहरूले झुक्किएर प्लास्टिक पनि खान थालेको देखिन्छ।
वनजङ्गलमा प्लास्टिक प्रदूषण हुने खालका गतिविधि नियन्त्रण नगरे गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा चुनौती थपिने चिन्तामा विज्ञहरू देखिन्छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




