नेपालमा बढिरहेको महँगीले गर्दा जीवन निर्वाहको लागतमा कस्तो असर परिरहेको छ?

नेपालमा बढिरहेको महँगीले गर्दा जीवन निर्वाहको लागतमा कस्तो असर परिरहेको छ?

तीन वर्षयता नेपालमा महँगी दर दोबरभन्दा बढीले माथि गएको छ।

नेपाल राष्ट्र ब्याङ्कका अनुसार सन् २०२० ताका महँगी साढे ३ प्रतिशत थियो र अहिले त्यो साढे ८ प्रतिशत पुगिसक्यो।

तीन वर्षअघि तपाईँले एक प्याकेट दूध औसत कतिमा किन्नु हुन्थ्यो? याद छ? मात्र ३८ रूपैँया। अहिले यसको ४५ रूपैँया पर्छ?

एक किलो गहुँ ५० रूपैयाँमा पाइन्थ्यो भने अहिले ८० पुगिसक्यो।

चिनी प्रतिकेजी ८० रूपैँया थियो भने अहिले १०० रूपैयाँ नाघिसक्यो।

तेल, चामल, दाल, तरकारी, फलफूल सबैको भाउ अकासिएको छ।

नेपालमा किन यसरी महँगी बढिरहेको छ र यसले गर्दा जीवन निर्वाहको लागत वा तपाईँ हामीले सुन्ने गरेको 'कस्ट अफ् लिभिङ'मा कस्तो असर परिरहेको छ?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो एक्स्प्लेनर भिडिओमा।