सिग्नल कमजोर भएको ठाउँमा फोन चलाउन अफगान गाउँलेहरूले निकालेको जुक्ति

भिडिओ क्याप्शन सुरु हुँदैछ,
सिग्नल कमजोर भएको ठाउँमा फोन चलाउन अफगान गाउँलेहरूले निकालेको जुक्ति

पूर्वी अफगानिस्तानको पलिजाकमा फोनको सिग्नल राम्रो नभए पनि त्यहाँका गाउँलेहरूले फोन चलाउने एउटा उपाय निकालेका छन् - तेल बेच्न प्रयोग गरिने प्लास्टिकको रित्तो भाँडोमा फोन राख्ने।

फोन गर्नुपरेको बेला आफूहरूले विगत तीन वर्षदेखि यो उपाय अपाउने गरेको उनीहरूले बताएका छन्।

यो उपायले कसरी फोनको सिग्नल बढाउँछ भन्ने कुरामा वैज्ञानिकहरू स्पष्ट छैनन्। तर प्लास्टिकको भाँडोमा फोन राख्दा हातमा समाउँदा वा भवनभित्र हुँदाभन्दा सिग्नलमा कम अवरोध हुने उनीहरूको अनुमान छ। कन्टेनरमा फोन स्थिर हुने भएकाले मोबाइल नेटवर्कको सङ्केत बलियो हुन सक्ने पनि सम्भावना पनि छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।