न्यूयोर्कमा 'हिउँको सानो ज्वालामुखी'?
संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यमा तापक्रम एकदमै न्यूनबिन्दुमा झर्दा सार्वजनिक स्थानमा 'हिउँको ज्वालामुखी' जस्तै अचम्मको संरचना बनेको देखियो। तर त्यो वास्तविक ज्वालामुखी चाहिँ हैन है!
तापक्रम निकै घटेको बेला न्यूयोर्कस्थित लेच्वर्थ स्टेट पार्कमा रहेको पानीको फोहोरालाई हिउँले ढपक्कै छोपिदिएको छ। जमेको बरफ मुनिबाट पानीको फोहोरा बाहिर निस्किँदा त्यसले ज्वालामुखीको जस्तो झल्को दिएको थियो।
हिउँको चुलीबाट पानीको फोहोरा निस्किएकाले त्यसलाई कसैकसैले 'हिमज्वालामुखी' पनि भने। त्यसरी निस्किएको पानी पनि हावामै जमेको देखिन्थ्यो। उक्त उद्यानमा उन्नाइसौँ शताब्दीमा निर्माण गरिएको फोहोरामा त्यस्तो संरचना बन्न पुगेको हो।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



