मानिसको मस्तिष्कमा कसरी पुग्यो जिउँदो जुका

मानिसको मस्तिष्कमा कसरी पुग्यो जिउँदो जुका

अस्ट्रेलियामा चिकित्सकहरूले एक महिलाको मस्तिष्कबाट आठ सेन्टिमिटर लामो जुका निकालेका छन्। मान्छेको मस्तिष्कमा यस प्रकारको जिउँदो जुका फेला परेको यो पहिलो घटना भएको बताइएको छ।

उक्त परजीवी प्रायः अजिङ्गरमा पाइन्छ। वैज्ञानिकहरूका अनुसार ती महिलाको मस्तिष्कमा उक्त जुका दुई महिनादेखि बसेको हुनसक्छ।

ती महिलाको गत वर्ष क्यान्बरामा शल्यक्रिया गरिएको थियो। यसबारे 'इमर्जिङ इन्फेक्शस डिजीजेज' जर्नलमा अहिले विवरण प्रकाशित भएको हो।

उक्त विवरणमा जुकाको लार्भाले मानिसको शरीरमा अतिक्रमण गरेर मस्तिष्कमा वयस्क जीव विकसित भएको यो पहिलो घटना भएको ठानिएको उल्लेख छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।