आठ वर्षमा आँखा गुमे, सँधै बाल्यकालको झझल्को

भिडिओ क्याप्शन सुरु हुँदैछ,
आठ वर्षमा आँखा गुमे, सँधै बाल्यकालको झझल्को

नीरा अधिकारीले आठ वर्षकी हुँदा आँखाको ज्योति गुमाइन् तर उनलाई आफू फेरि पनि एक दिन आँखा देख्न सक्छु भन्ने लागिरह्यो।

तर त्यस्तो भएन।

बिरामी भएर दुवै आँखाको ज्योति गुमाए पनि उनले कहिल्यै हार खाइनन्। उनले ब्रेलमा पढ्न सिकिन्, स्नातकोत्तर सकिन् र लोकसेवा आयोगको परीक्षामा नाम निकालिन्। पैँतालीस वर्षीया उनी अहिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका काम गर्छिन्।

"मलाई लोकसेवा दिने विचार आएपछि सुनेका कुरा सबै ब्रेलमा नोट बनाएर तयारी गरेँ र तेस्रो पटकमा लोकसेवा पास गरेँ" नीराले बीबीसी न्यूज नेपालीलाई बताइन्।

दश कक्षा सम्मका दृष्टिविहीन विद्यार्थीलाई सरकारले निःशुल्क ब्रेल पुस्तक उपलब्ध गराउँदै आएको छ तर ब्रेलका पुस्तक अभावमा त्यसपछिको पढाइ पार लगाउन उनीहरूलाई निकै चुनौती भएको उनले बताइन्।

हाल ललितपुरको भैँसेपाटीमा आफ्नी दिदीसँग बस्ने नीराले सरकारको उपसचिवसम्म पुग्न गरेको सङ्घर्ष र सफलताबारे सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।