ब्रह्माण्डको रहस्य पत्ता लगाउन निर्मित टेलिस्कोपले पठायो यस्ता अद्भुत तस्बिर

भिडिओ क्याप्शन सुरु हुँदैछ,
ब्रह्माण्डको रहस्य पत्ता लगाउन निर्मित टेलिस्कोपले पठायो यस्ता अद्भुत तस्बिर

ब्रह्माण्डका विभिन्न रहस्यहरू पत्ता लगाउने उद्देश्यसहित युरोपेली अन्तरिक्ष निकाय (ईएसए) को नेतृत्वमा निर्माण गरी प्रक्षेपण गरिएको यूक्लिड नामक शक्तिशाली टेलिस्कोपले तस्बिरहरू पठाउन थालेको छ।

उक्त वैज्ञानिक परियोजनाको उद्देश्य ‘डार्क एनर्जी’ र ‘डार्क म्याटर’ जस्ता विषयबारे खगोलविद्हरूको ज्ञान अभिवृद्धि गर्नु रहेको छ।

डार्क एनर्जी र डार्क म्याटरबाट अधिकांश ब्रह्माण्ड बनेको ठानिन्छ। तर हामीलाई तिनबारे खासै केही ज्ञान छैन।

यूक्लिडले आगामी छ वर्षमा अन्तरिक्षको एकतिहाइ भागको सर्वेक्षण गर्दा डार्क एनर्जी र डार्क म्याटरको रहस्योद्घाटन हुने गरी केही सङ्केत फेला पर्ने अपेक्षा वैज्ञानिकहरूको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।