'मृत्युको मुखमा धकेलिँदै' पाका र अनुभवहीन रुसी सैनिक : युद्धमा अहिलेसम्म कति जना मारिए
युक्रेन युद्धको अग्रमोर्चामा खटिँदा ज्यान गुमाएका रुसी सैनिकको सङ्ख्या ७०,००० नाघेको छ।
रुसले सार्वजनिक गरेको तथ्याङ्क अपत्यारिलो छ। बीबीसी रसियाकी ओल्गा इभ्शिनाले मिडियाजोना नामक संस्थासँग गरेको अनुसन्धानमा युद्ध सुरु भएदेखि मृतकहरूको गणना गरिएको छ र तिनको पहिचान गरिएको छ।
बीबीसीको अनुसन्धानबाट लडाइँ गर्न भर्ती भएका स्वयंसेवकको सङख्या अरू वर्गका सैनिकको भन्दा बढी छ। तीमध्ये पनि निम्न आय भएका पाका उमेरका मानिसको सङ्ख्या बढ्दो क्रममा देखिएको छ।
युक्रेनी पक्षमा हताहत भएका सैनिक सङ्ख्या पनि निर्क्योल गर्न सकिने अवस्था छैन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म ३१,००० जनाको मृत्यु भएको दाबी गरेका छन्। उक्त परिमाण संयुक्त राज्य अमेरिकाको गुप्तचर निकायले गरेको अनुमानभन्दा निकै कम हो।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



