अनलाइन बजारमा 'दुब्लाउने सुई'को बिगबिगी, डाक्टरको परामर्शबिना प्रयोग गर्दा 'ज्यानको जोखिम'
विश्वभरि चर्चित हस्तीहरू र सर्वसाधारण मानिसले तौल घटाउनका निम्ति 'दुब्लाउने सुई' प्रयोग गर्न थालेका छन्।
'ओजेम्पिक' र 'विगोभी' नामक ब्र्यान्डका औषधिले धेरै मानिसहरूलाई तौल घटाउन पनि सघाएको छ। ती सेमग्लुटाइड वर्गका औषधि हुन्।
केही मानिसले यसबारे राम्रो प्रभाव पाए पनि केहीले जीवन नै जोखिममा पार्ने स्तरको गम्भीर दुष्परिणाम पनि भोग्नुपरेको छ।
अनलाइनमा तौल घटाउने औषधिको बिगबिगी पनि बढ्न थालेको छ। छिटो तौल घटाउन त्यस्ता सामग्रीको प्रयोग गर्दा मानिसहरूको स्वास्थ्य जोखिममा पर्ने गरेको छ।
'विगोभी'ले चीनमा हालै मात्रै अनुमति प्राप्त गरेको छ। चीनमा तौल घटाउने यस्ता औषधिको ठूलो कारोबार हुन्छ। त्यहाँ 'इन्फ्लुअन्सर'हरूले सामाजिक सञ्जालमार्फत् यसको प्रवर्धन गर्छन्।
हामीले यस्ता औषधि प्रयोग गर्ने मानिसहरूका साथै केही चिकित्सकीय विशेषज्ञहरूसँग कुरा गरेर 'सेमग्लुटाइड'को विश्वव्यापी लोकप्रियता र यसका वास्तविक जोखिमहरूबारे जान्न खोजेका छौँ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



