तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत र बाङ्ग्लादेशमा त्रास उत्पन्न गराएको चीनको निर्माणाधीन बाँध यस्तो छ
चिनियाँ अधिकारीहरूले तिब्बतमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण सुरु गरेपछि भारत र बाङ्ग्लादेशमा चिन्ता उत्पन्न भएको छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार केही दिनअघि मात्रै चिनियाँ प्रधानमन्त्री ली चियाङले यार्लुङ साङ्ग्पो नदीमा उक्त बाँध निर्माणको शिलान्यास गरे।
यस नदी तिब्बती पठारका साथै कैयौँ दक्षिण एशियाली देशहरू हुँदै बग्छ।
यस परियोजनाले नदीको तल्लो तटीय क्षेत्रमा बस्ने लाखौँ भारतीय र बाङ्ग्लादेशीहरूका साथै आसपासको वातावरण र स्थानीय तिब्बतीहरूमा पर्न सक्ने सम्भावित प्रभावलाई लिएर आलोचना भइरहेको छ।
तर चीन सरकार र सरकारी सञ्चारमाध्यमहरूले यो बाँधलाई प्रदूषण घटाउने र ग्रामीण तिब्बतीहरूको उत्थान गर्दै स्वच्छ ऊर्जा उत्पादन गर्ने गरी सबैले जित्ने खालको समाधानको रूपमा प्रस्तुत गरेका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।