दक्षिण कोरियामा लडाकु विमानबाट झुक्किएर नागरिकहरूमाथि बम प्रहार
दक्षिण कोरियामा लडाकु विमानबाट झुक्किएर नागरिकहरूमाथि बम प्रहार
दक्षिण कोरियामा सैन्य अभ्यासमा रहेका लडाकु विमानहरूले एउटा गैरसैनिक आवासीय क्षेत्रमा झुक्किएर आठवटा बम खसालेका छन्।
बिहीवारको उक्त घटनामा केही मानिस घाइते भएका छन्। तीमध्ये दुई जनाको स्थिति गम्भीर छ।
उत्तर कोरियाबाट हुन सक्ने आक्रमणको प्रतिकार गर्ने उद्देश्यले दक्षिण कोरियाली सेनाले नियमित रूपमा सैन्य अभ्यास गरिरहन्छ। बिहीवार त्यस्तै तयारीमा रहेका दुइटा केएफ-१६ जेटबाट उक्त दुर्घटना हुन पुगेको बताइएको छ।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



