'क्षेप्यास्त्रको छायामा कलिला बालबालिकाको नृत्य': उत्तर कोरियामा विदेशी पर्यटकहरूले अरू के देखे
गत साता विदेशी पर्यटकहरूको एउटा टोली पाँच वर्षपछि पहिलो पटक उत्तर कोरिया पुग्यो। कोभिड महामारी सुरु भएपछि बन्द गरिएको सीमा अहिले बल्ल खुलेको हो।
यूके, फ्रान्स, जर्मनी र अस्ट्रेलियाका पर्यटकहरू चीनबाट सडकमार्ग हुँदै एउटा दुर्गम क्षेत्रमा पुगेका थिए। तीमध्ये पाँच जना ब्रिटिश नागरिक थिए।
उनीहरूलाई पहिल्यै निश्चित गरिएको ठाउँमा स्थानीय पथप्रदर्शकहरूले लगेका थिए। त्यहाँ आफूहरूले मोबाइल फोनको सिग्नल, इन्टरनेट र एटीएम नदेखेको उनीहरूले बताएका छन्।
त्यहाँ उनीहरूले अरू के देखे र भोगे? हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



