टीग्रेमा गर्भवती महिला खानेकुरा माग्न बाध्य

टीग्रेमा गर्भवती महिला खानेकुरा माग्न बाध्य

इथियोपियाको उत्तरी टीग्रे क्षेत्रमा खाद्य सहायता स्थगित भएपछि कम्तीमा १,४०० जनाको भोकमरीका कारण मृत्यु भएको एक अधिकारीले बताएका छन्।

सर्वसाधारण मानिसका लागि पठाइएको सामान चोरी भएको र लक्षित समुदायलाई नदिई अन्यत्र मोडिएको भन्दै संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) र अमेरिकी सहयोग निकायले टीग्रे पठाउने सहयोग चार महिनाअघि स्थगित गरिदिएका थिए।

सन् २०२० मा भएको द्वन्द्वका कारण टीग्रेमा भोकमरीको अवस्था सिर्जना भएको छ। लडाइँ चर्किँदा त्यहाँ नाकाबन्दी भएको थियो र त्यसले मानवीय सहायता पनि अवरुद्ध भएको थियो।

टीग्रेमा बसोबास बस्ने एक गर्भवती महिलाले आफूसँग खानेकुरा नभएकाले बाँच्नका लागि माग्न बाध्य भएको बताएकी थिइन्। केही दिनपछि ती महिलाले बच्चा जन्माइन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।