इथियोपिया गृहयुद्धः टीग्रेको अस्पतालमा भोकले थलिएका बच्चालाई दिने सामान पनि छैन
इथियोपियाको युद्धग्रस्त टीग्रेस्थित एउटा अस्पतालमा कुपोषणबाट पीडित बालबालिकालाई खुवाउने औषधि र खाद्यपदार्थ सकिन थालेको छ।
स्थिति विकराल हुँदै गएपछि स्वास्थ्यकर्मीहरूले सहायतादाताहरूलाई गुहार्न थालेका छन्।
कुपोषणबाट पीडित यी तीनमहिने शिशुलाई उनकी आमाले उपचारका लागि एदर अस्पताल लगिन्। खान नपाएकी उनकी आमाको स्तनबाट दूध आउन छोडिसकेको छ।
तर यी शिशुजस्ता बिरामीलाई उपचारका लागि दिइने सामान सकिएको अस्पतालले जनाएको छ। हेर्नुहोस् यो भिडिओ।




