यूकेमा फेला परेको 'हड्डी चकनाचुर पार्न सक्ने' कछुवा

यूकेमा फेला परेको 'हड्डी चकनाचुर पार्न सक्ने' कछुवा

काँडेदार खबटा भएको 'एलिगेटर स्न्यापिङ टर्टल' भनिने एउटा कछुवा उत्तरी इङ्ग्ल्यान्डमा फेला परेको छ।

अहिले त्यो कछुवा फेला परेको ताल उक्त जीवको प्राकृतिक वासस्थान हैन। उक्त जातको कछुवा संयुक्त राज्य अमेरिकाको दक्षिणी भेगमा दलदल र नदीमा पाइन्छ।

कुकुर डुलाउन हिँडेका एक व्यक्तिले एउटा तालमा भद्दा शरीर भएको उक्त अद्भुत जीव देखेपछि पशुचिकित्सककहाँ लगेका थिए।

त्यो कछुवालाई अहिले एउटा स्थानीय भेटरिनरी केन्द्रमा राखिएको छ। फ्लफी उपनाम दिइएको यो कछुवा पछि कुनै चिडियाखाना वा अरू कसैलाई पाल्न दिइने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।