‘वन्यजन्तुमैत्री पूर्वाधार नहुँदा लोपोन्मुख वन्यजन्तु मरे, वासस्थान असुरक्षित बन्यो’

‘वन्यजन्तुमैत्री पूर्वाधार नहुँदा लोपोन्मुख वन्यजन्तु मरे, वासस्थान असुरक्षित बन्यो’
Published

वन्यजन्तुमैत्री पूर्वाधार अभावका कारण पछिल्लो समय संरक्षित वन्यजन्तुको मृत्यु बढ्न थालेको र उनीहरूको वासस्थान असुरक्षित बन्दै गएको बताइएको छ।

वन्यजन्तु संरक्षित क्षेत्र आसपासमा बनेका अव्यवस्थित पूर्वाधारका कारण लोपोन्मुख वन्यजन्तुको विनाश हुनु ठूलो लापर्बाही भएको विज्ञले बताएका छन्।

सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका बनाए पनि त्यसको पूर्ण पालना हुन नसक्दा उनीहरूको वासस्थान प्रभावित हुनुका साथै आवतजावत असहज भएको बताइएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

कञ्चनपुरमा हात्तीको अन्तिम संस्कार गरिँदै

तस्बिर स्रोत, Hom Yogi

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।