नेट्फ्लिक्समा धेरै पटक हेरिएको 'केपप डीमन हन्टर्स'मा के छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
नेट्फ्लिक्समा धेरै पटक हेरिएको 'केपप डीमन हन्टर्स'मा के छ

'केपप डीमन हन्टर्स' नेट्फ्लिक्समा सर्वाधिक हेरिएको चलचित्र बन्न पुगेको उक्त स्ट्रीमिङ प्ल्याट्फर्मले जनाएको छ।

एनिमेशन गरेर बनाइएको उक्त सङ्गीतिक चलचित्र गत जुन महिनामा सार्वजनिक भएको थियो। नेट्फ्लिक्समा उक्त चलचित्र झन्डै २४ करोड पटक हेरिँदा एक्शन-कमेडी 'रेड नोटिस' तल परेको छ।

उक्त चलचित्रका गीतहरू पनि अन्लाइन माध्यममा अत्यधिक प्रसारित सामग्री बनेका छन्।

सोनी पिक्चर्स एनिमेशनले उत्पादन गरेको उक्त चलिचत्रमा एउटा काल्पनिक के-पप गर्ल ब्यान्ड (Huntr/x) का तीन सदस्यले सङ्गीत र युद्धकौशल प्रयोग गरेर मानिसहरूलाई दानवबाट जोगाएको कथावस्तु छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।