प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि सामाजिक सञ्जालमा कसले के भने

तस्बिर स्रोत, RSS
चुनावमा तेस्रो पार्टी बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो राजनीतिक घटनाक्रमबाट प्रधानमन्त्री बनेसँगै सामाजिक सञ्जालहरूमा विभिन्न टिप्पणी भइरहेका छन्।
त्यसरी टिप्पणी गर्ने र विचार राख्नेहरूमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेतादेखि, सरकारमा जान लागेका दलका नेता, पूर्व मन्त्री, मेयरलगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरूसमेत छन्।
प्रचण्डले प्रधानमन्त्रीका रूपमा आज चार बजे शपथ लिँदैछन्।
विगतमा एमाले अध्यक्षसँग तिक्ततापूर्ण सम्बन्ध रहेर र उनीसँग नै विगतमा छुट्टिएका ओलीसँग मिल्न गएकोलाई धेरैले अचम्म मानेका छन्। त्यस्तो अचम्म मान्नुमा प्रचण्डकै विगतका अभिव्यक्ति पनि कारक हुन्।
एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रचण्डले पत्रकार ऋषि धमलासँग भनेका थिए, “मलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीबाट आयो भने पनि म अस्वीकार गर्छु। अहिले नै भन्दिन्छु म। केपी ओलीले जुन प्रवृत्ति देखाउनुभयो त्यो सबै परिस्थितिमा उनको प्रस्तावमा म प्रधानमन्त्री हुन्नँ। मेरो तर्फबाट यो गठबन्धन टुट्न हुँदैन।”

अहिले सामाजिक सञ्जालमा यो लगायतका भिडिओहरू भाइरल भइरहेका छन् र विभिन्न पार्टीका नेताहरूले पनि आफ्ना धारणाहरू राखिरहेका छन्।
नेपाली कांग्रेसका एक जना महामन्त्री विश्वप्रकाश शर्माले आइतवार प्रधानमन्त्री प्रचण्ड बन्ने पक्का हुनुअघि समयले अभिभावकत्व खोजेको भन्दै ट्वीटरमा लेखेका थिए।
उनै विश्वप्रकाशले सोमवार बिहान अर्को एउटा स्टेटसमा पछिल्लो अवस्थाबारे आफूलाई देशभरिबाट प्रश्नहरू आइरहेको र त्यसको जबाफमा आफूले “चिन्ता नगर्न” भनेको उल्लेख गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

X पोस्ट समाप्त, 2
जनमत पार्टी पनि सरकारमा जाने भएको छ जसका अध्यक्ष सीके राउतले आइतवार साँझ सामाजिक सञ्जालहरू फेसबुक र ट्वीटर दुवैतर्फ एउटै स्टेटस लेख्दै पछिल्लो अवस्थाबाट ज्ञान र वितृष्णा दुवै भएको र सरकारमा जानु आफ्नो नियति भएको बताएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
त्यस्तै पूर्व मन्त्रीसमेत रहेका अर्थशास्त्री प्रकाशचन्द्र लोहनीले भने अबको सरकारले आर्थिक पाटो समाधानको बाटोमा नलागे देश खाल्डोमा पर्ने भन्दै सचेत गराएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4
काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले कम्युनिष्टसहित नयाँ दलहरू र राप्रपाको समेत समर्थनमा बन्न लागेको सरकारबारे टिप्पणी गर्दै लेखेका छन्- “राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनवटै सरकारमा। हामी प्रजा सधैँ सास्तीमा।”
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 5
त्यस्तै कोमल ओलीले भने आफ्नो पछिल्लो ट्वीटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेकी छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 6
एकजना सामाजिक सञ्जाल प्रयोगकर्ता शर्मिला आचार्यले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारलाई समर्थन गरेकोमा आफ्नो असन्तुष्टि पोख्दै ट्वीट गरेकी छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 7
पत्रपत्रिकाले के लेखे?

सामाजिक सञ्जालमा प्रचण्ड नेतृत्वको सरकारबारे विभिन्न टीकाटिप्पणी भइरहँदा मूलधारका राष्ट्रिय दैनिक तथा अनलाइनहरूले पनि पछिल्लो राजनीतिक घटनाक्रमले सत्ता समीकरणमा पर्ने फेरबदलबारे समाचार तथा टिप्पणीहरू लेखेका छन्।
पुरानो गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धनमा रहेर प्रधानमन्त्री प्रचण्ड बनेसँगै राष्ट्रपति को बन्नेदेखि सातवटै प्रदेशमा मुख्यमन्त्री को को बन्लान् भन्नेसम्मका अड्कलबाजी भइरहेका छन्।
कान्तिपुर दैनिकले आज पहिलो पृष्ठमा प्रचण्ड प्रधानमन्त्री बनेको विषयलाई “गठबन्धन छाडेर गठबन्धन- दाहाल प्रधानमन्त्री” शीर्षकमा समाचार छापेको छ।
चुनावबाट पहिलो दल बनेर पनि सरकारको प्रतिपक्षमा बस्नुपरेको कांग्रेसका सभापति देउवाबारे पनि कान्तिपुरले पहिलो पृष्ठमा नै समाचार लेखेको छ। “देउवा दम्पतीको आत्मघाती हठ” शीर्षकमा लेखिएको समाचारमा कांग्रेसले कुनै पनि निर्णय प्रक्रियामा केन्द्रीय सदस्य मात्रै नभइ पदाधिकारीलाई समेत सामेल नगराइएको उल्लेख गरेर समाचार छापेको छ। त्यस्तै द काठमाण्डू पोष्टले प्रचण्ड प्रधानमन्त्री बनेको र यसमा ओली निर्णायक बन्न सकेको लेखेको छ।
नागरिक दैनिकले “प्रधानमन्त्रीमा दाहालको नाटकीय छलाङ” शीर्षकमा मुख्य समाचार लेखेको छ भने पहिलो पृष्ठमा नै “कांग्रेस पाँच वर्षअघिकै नियतिमा” शीर्षकमा अर्को समाचार लेखेको छ।
कांग्रेस नेतृत्वको गठबन्धनको अवसान भएको भन्दै “अर्को अभ्युदय” शीर्षक दिएर उसले सम्पादकीय पनि लेखेको छ।
गोरखापत्र दैनिकले “प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त” शीर्षकमा मुख्य समाचार लेखेको छ। नयाँ पत्रिका दैनिकले “सत्ता राजनीतिमा उथलपुथल” शीर्षकमा समाचार लेखेको छ भने उपशीर्षकमा “यसरी बन्यो नयाँ गठबन्धन” र “देउवाको ‘आत्मघाती’ अडान” भनेर प्रचण्ड प्रधानमन्त्री बन्नुको अन्तर्यबारे लेखेको छ।
त्यस्तै राजधानी दैनिकले “ओली र प्रचण्डबीच आधाआधा कार्यकालको सहमति” उपशीर्षकमा समाचार लेखेको छ।
सम्पादकीयमा पनि उसले “नयाँ सरकारले स्थायित्व देओस्” भनेर लेखेको छ।