अयोध्यामा कोसेली पठाउन जनकपुरमा चहलपहल

अयोध्यामा कोसेली पठाउन जनकपुरमा चहलपहल

ज्यानुअरी महिनाको तेस्रो साता भारतको अयोध्याको राम मन्दिरमा हुने प्राणप्रतिष्ठामा नेपालको जनकपुरधामबाट ‘भार’(कोसेली) पठाउन तयारी भइरहेको छ।

सुनचाँदीका पसलमा गरगहना र पूजाका भाँडाकुँडा बनाउन ठूलो अर्डर आएकाले कालिगडहरू रातदिन काम गरिरहेका छन्।

सीताको माइतीघरबाट रामको दरबारमा पठाइने कोसेलीमा ठेकुवा, भुसुवा, पेरुकिया, खजुरिया फलफूल, पञ्चमेवा, साडी, धोती ,गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्होजस्ता सामग्री रहने बताइएको छ।

नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको पवित्र जलसहितको कलशलाई अभिषेकका लागि गत साता अयोध्या पठाइएको थियो।

हेर्नुहोस् जनकपुरबाट बृजकुमार यादवको सहयोगमा विजय गजमेरले बनाएको यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।