जोखिम मोलेरै मौरी र बारुला संरक्षण गर्छन् श्रीलङ्काका यी महिला
जोखिम मोलेरै मौरी र बारुला संरक्षण गर्छन् श्रीलङ्काका यी महिला
आफ्नो गाडीमा लाखौँ मौरी राखेर अन्यत्र लगेको कल्पना गर्नुहोस्! श्रीलङ्कामा २७ वर्षीया संरक्षणकर्मी मेघा समाधिका लागि त्यसो गर्नु नियमित कर्म बनेको छ।
उनी आवासीय क्षेत्रबाट जङ्गली मौरी, बारुला र अरिङ्गाल अन्यत्र सार्ने काम गर्दै आएकी छन्। उनले अरू महिलालाई पनि तालिम दिएकी छन्।
मेघा समाधि युवापुस्तालाई प्रकृतिचक्रमा मौरीजस्ता कीटको महत्त्व बुझाउने प्रयासमा छिन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



