लिबियामा तस्करको ज्यादतीसँगै बलात्कारको पीडा भोग्ने सुडानी शरणार्थी महिला
राष्ट्रसङ्घीय शरणार्थी हेर्ने निकाय यूएनएचसीआरका अनुसार सन् २०२३ को एप्रिलयता दुई लाख १० हजारभन्दा बढी सुडानी शरणार्थी लिबिया प्रवेश गरेका छन्।
तीमध्ये कैयौँले आफूहरूले भोगेका हिंसा र दुर्व्यवहारको अनुभव बीबीसीलाई बताएका छन्।
जीवनस्तर सुधार्ने अपेक्षा बोकेर परिवारसहित सुडानबाट लिबिया पुगेकी सल्मा (नाम परिवर्तन गरिएका महिला) लिबिया शरणार्थीसम्बन्धी महासन्धिमा हस्ताक्षरकर्ता नभएकाले "अवैध आप्रवासी"का रूपमा निकै सास्ती खेप्न बाध्य बनिन्।
मानव तस्करहरूको ज्यादती, घरबारविहीन हुँदाको बिचल्ली तथा बलात्कारको पीडा खेप्नुपर्दा सल्मालाई आफू बाँच्ने आशा करिब मरिसकेको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



