तिब्बती शरणार्थी: नेपालमा भएका तिब्बती शरणार्थीहरू सन्तानको भविष्यबारे चिन्तित
नेपालमा रहेका तिब्बती शरणार्थीमध्ये अधिकांशसँग शरणार्थीसम्बन्धी कुनै औपचारिक कागजपत्र नभएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
आफूहरूले नेपाली नागरिकता नमागेको तर नेपालमा बसोबास गर्दै आएको भन्ने पहिचान खुल्ने कागजपत्र भए आफ्ना सन्ततिको भविष्य सुरक्षित हुने उनीहरूको विश्वास छ।
सन् १९५९ मा चीनले तिब्बतलाई नियन्त्रणमा लिएयता झन्डै २० हजार तिब्बतीले नेपालमा शरण लिएको बताइन्छ।
त्यति बेला १६ वर्ष नपुगेका र त्यसपछि नेपालमै जन्मेकासँग कुनै औपचारिक कागजपत्र नभएको उनीहरूको भनाइ छ।
देशभरि रहेका १२ वटा शिविरमा १२ हजार पाँच सय शरणार्थीहरू रहेकोमा सबैभन्दा धेरै काठमाण्डू र पोखरामा रहेको लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले जनाएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि