बच्चाले काठपात, ढुङ्गामाटो, झ्यालढोका जे पायो त्यही खाइदिने अनौठो समस्या

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बच्चाले काठपात, ढुङ्गामाटो, झ्यालढोका जे पायो त्यही खाइदिने अनौठो समस्या

यूकेको वेल्समा बस्ने जेस ह्यारी आफ्नो २१ महिने छोराको व्यवहारबाट हैरान भइसकिन्।

जूनिअरले खेलौना मात्र नभएर घरका भाँडाकुँडा र झ्यालढोकाको चौकोस पनि खान थालेको उनी बताउँछिन्।

बालुवा खान थालेपछि त्यसलाई रोक्न उनले छोरालाई शिशुस्याहार केन्द्रमा पठाइन् तर समस्या समाधान भएन।

गत सेप्टेम्बरमा परीक्षण गर्दा उनलाई 'पाइका' नाम दिइएको एउटा अनौठो समस्या भएको पत्ता लाग्यो।

पाइका भएका बालबालिकाहरू अखाद्य पदार्थ पनि खान खोज्छन्।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।