सुरुङमा थुनिएका कामदार बाहिर निस्किँदा हाँसो पनि आँसु पनि

भिडिओ क्याप्शन सुरु हुँदैछ,

भारतको उत्तराखण्डमा एउटा निर्माणाधीन सुरुङमा १७ दिनदेखि थुनिएका सबै ४१ कामदारलाई जीवितै उद्धार गरेर बाहिर निकालिएको छ।

सुरुङबाहिर हर्षोल्लासपूर्वक फूलमालाले उनीहरूलाई स्वागत गरिएको थियो। केही तस्बिरहरूमा उनीहरू भावविह्वल भएको पनि देखिएको थियो।

पाङ्ग्राजडित स्ट्रेचरमा राखेर उनीहरूलाई तीन फिट चौडा पाइपबाट बाहिर निकालिएको थियो। उनीहरूमध्ये कोही पनि घाइते नभएको अधिकारीहरूले बताइएका छन्। सुरुङबाट निकालेपछि सबै जनालाई परीक्षणका लागि अस्पताल लगिएको छ।

सुरुङबाहिर ती कामदारका आफन्त, साथीहरू र स्थानीयवासी भेला भएका थिए। उनीहरूले आतिसबाजी गर्नुका साथै मिठाई पनि बाँडेका थिए।

गत नोभेम्बर १२ मा पहिरोका कारण सुरुङको प्रवेशद्वारमा ढुङ्गा र माटो थुप्रिएपछि ती कामदारअरू सुरुङभित्रै थुनिएका थिए।

सुरुङको प्रवेशद्वार बन्द भएलगत्तै उनीहरूसँग वाकीटकीमार्फत् सम्पर्क स्थापित भएको थियो। अर्को सानो पाइपबाट उनीहरूलाई अक्सिजन, खानेकुरा र पानी लगायतका अत्यावश्यक सामग्री सुरुङभित्र पठाइएको थियो।

फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरुङ निर्माणमा संलग्न थिए। उद्धारकार्य बारम्बार अवरुद्ध भएको थियो।

उक्त सुरुङ भारत सरकारको चारधाम परियोजनाअन्तर्गत उत्तराखण्डको पहाडी भेगमा हिन्दू धर्मावलम्बीहरूका तीर्थस्थललाई जोड्न बनाउन थालिएको सडकको अङ्ग हो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।