चुरोटका ठुटाबाट खेलौना : कसरी बनाइन्छ, कस्तो फाइदा हुन्छ
भारतमा एउटा सामाजिक उद्यमले चुरोटका ठुटा सङ्कलन गरेर तिनबाट अरू सामान बनाउने गरेको छ। त्यस्ता सामानमा बालबालिकाले खेलाउने नरम खालका खेलौनाहरू पनि पर्छन्।
उत्तर प्रदेश राज्यमा रहेको 'कोड एफर्ट' नामक संस्थाले अहिलेसम्म आफूले चुरोटका पाँच करोडवटा ठुटा प्रशोधन गरिसकेको दाबी गरेको छ।
चुरोटको धुँवा छान्ने 'फिल्टर' वस्तुतः प्लास्टिकबाट बनेको हुन्छ। तर मानिसहरूले त्यो कुरा ख्याल नराख्ने पर्यावरणविद्हरू बताउँछन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार सन् १९८० को दशकदेखि समुद्रका तटीय भेग तथा सहरी क्षेत्रमा हुने फोहोरमध्ये ३०-४० प्रतिशत भाग चुरोटका ठुटाको हुन्छ।
प्रत्येक वर्ष विश्वभरि कुल ४० खर्ब वटाभन्दा बढी ठुटाहरू त्यतिकै फालिने गरेको डब्ल्यूएचओको अनुमान छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





