सगरमाथामा ड्रोन: हिमाल सफाइदेखि आरोहणको सुरक्षासम्म

भिडिओ क्याप्शन सुरु हुँदैछ, ड्रोनको प्रयोग: हिमाल सफाइ गर्नदेखि शेर्पाको ज्यान जोगाउनसम्म
सगरमाथामा ड्रोन: हिमाल सफाइदेखि आरोहणको सुरक्षासम्म

सगरमाथामा थुप्रिएको फोहोर तल झार्न ड्रोनको प्रयोग प्रभावकारी भएको बताउँदै अन्य हिमालमा पनि उक्त प्रविधिको प्रयोग गर्ने योजना रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ।

यस वर्ष मौसमको प्रतिकूलताका कारण लक्ष्य अनुसार फोहोर ढुवानी गर्न नसकिए पनि आगामी दिनमा हिमाल सफाइमा ड्रोनको प्रयोग बढाइने समितिका सिइओ छिरिङ् शेर्पाले बताएका छन्।

फोहर सफाइका अतिरिक्त हिमालमा बाटो बनाउन आवश्यक डोरी र भर्‍याङलगायतका सामान ओसार्ने तथा हराएका मानिसको खोजी तथा उद्धारमा समेत ड्रोनको प्रयोग गरिने बताइएको छ।

यसरी ड्रोनको प्रयोग गर्दा शेर्पाहरूको आयआर्जनको माध्यम खोसिने कतिपयको टिप्पणी रहेको भए पनि ड्रोनको प्रयोगले फाइदा पुग्ने एअरलिफ्ट टेक्नोलजीका सहसंस्थापक मिलन पान्डेले बताए।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।