भोकाएको जङ्गली हात्तीले जब गाडीभित्र सूँड छिरायो

भोकाएको जङ्गली हात्तीले जब गाडीभित्र सूँड छिरायो

श्रीलङ्काको एउटा राष्ट्रिय निकुञ्जमा एउटा जङ्गली हात्तीले त्यहाँ घुम्न गएका पर्यटकहरू चढेको गाडीको सिसा फुटाएर भित्र सूँड छिराएपछि उनीहरू स्तब्ध भए।

त्यो हात्ती भोकाएको थियो र खानेकुराको खोजीमा थियो।

यो भिडिओको सुरुतिर याला राष्ट्रिय निकुञ्जभित्र एउटा हात्ती गाडीतिर लम्किएको देखिन्छ। त्यो गाडीमा अस्ट्रेलियाबाट बिदा मनाउन श्रीलङ्का आएका कसुन बस्नायक सपरिवार थिए।

हात्तीले चालक बसेको ठाउँपट्टि भएको झ्यालबाट आफ्नो सूँड छिराएर खानेकुरा खोज्यो। केही रहलपहल भेटेपछि हात्तीले आफ्नो सूँड बाहिर निकाल्यो।

उक्त घटनामा कोही पनि घाइते नभएको बस्नायक परिवारले जनाएको छ।

"हात्तीले हाम्रो खुट्टातिर सुँघेर खानेकुरा खोज्न थाल्यो अनि चालकले हामीलाई आफूसँग भएको खानेकुरा दिन भने। मैले मेरो छोराको रहलपहल खानेकुरा दिएँ," कसुन बस्नायकले भने।

"उनले बाँकी खानेकुरा झ्यालबाहिर फाल्न भने। मैले त्यसै गरेँ। चालकले त्यसपछि गाडी हुइँक्याए।...बाँकी भएको स्यान्डविच र चिपले सम्भवतः हाम्रो ज्यान जोगाए।"

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।