थाईल्यान्डमा सांसदले पत्रकारलाई हात हालेपछि क्षमायाचना

भिडिओ क्याप्शन सुरु हुँदैछ,
थाईल्यान्डमा सांसदले पत्रकारलाई हात हालेपछि क्षमायाचना

थाईल्यान्डमा एक सांसदले पत्रकारलाई थप्पड हानेपछि त्यसबारे छानबिन गर्न संसद्लाई अनुरोध गरिएको छ।

पलाङ प्रचारात पार्टी (पीपीआरपी)का सांसद प्रवित वोङ्सुवान पूर्वसेनापति पनि हुन्। गत साता उनले संसद्‌मा नयाँ प्रधानमन्त्री छान्ने प्रक्रियाबारे प्रश्न सोधेकी थाईपीबीएसकी एक संवाददाताको टाउकोमा थप्पड हानेका थिए।

पीपीआरपीका एक प्रवक्ताका अनुसार प्रवित र ती पत्रकारबीच राम्रो चिनजान थियो अनि उनले “निकटस्थ व्यक्ति ठानेर उनलाई त्यसरी जिस्क्याएको” भन्दै क्षमायाचना गरिसकेका छन्।

थाईपीबीएसले पत्रकारलाई धम्क्याउने प्रयासका लागि प्रवित उत्तरदायी हुनुपर्ने जनाएको छ।

थाई पत्रकार र प्रसारकका संस्थाहरूले प्रवितको गतिविधि सांसदको आचरणविपरीत भएको भन्दै छानबिनका लागि अनुरोध गरेर संसद्का सभामुखलाई एउटा पत्र बुझाएका छन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।