गैँडाको चोरीसिकारी रोक्न खागमा रेडिओधर्मी पदार्थ
दक्षिण अफ्रिकामा वैज्ञानिकहरूले गैँडाको चोरीसिकारी निरुत्साहित पार्ने उद्देश्यसहित ती जीवको खागमा रेडिओधर्मी पदार्थ हालिदिने अभियान थालेका छन्।
यूनिभर्सिटी अफ विट्वाटर्स्र्यान्डका वैज्ञानिकहरूको उक्त समूहले त्यसो गर्दा गैँडालाई कुनै हानि नपुग्ने बरु तस्करी गरिएमा त्यस्ता खाग भन्सारमा वा विमानस्थल र बन्दरगाहमा सजिलै पत्ता लाग्न सक्ने बताएका छन्।
रेडिओधर्मी पदार्थयुक्त खागले मूल्य नपाउने र त्यसबाट ती जीवको अवैध सिकार घट्ने विश्वास उनीहरूको छ।
दक्षिण अफ्रिकामा ठूलो सङ्ख्यामा गैँडाहरू छन्। त्यहाँ प्रत्येक वर्ष सयौँ गैँडाहरूको सिकार हुने गरेको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



