सरकारी भवनमा किन गोबर छ्याप्दै छन् इन्डोनेशियाका विद्यार्थी
इन्डोनेशियामा सरकारले शिक्षा र स्वास्थ्यसेवाबाट बजेट काटेपछि हजारौँ विद्यार्थीहरूले त्यसको विरोध गर्दै देशभरि प्रदर्शन गरेका छन्।
त्यस क्रममा सेन्ट्रल जाभाको सदरमुकाम सेमाराङमा विद्यार्थीहरूले एउटा सरकारी भवनमा गोबर छ्यापिदिए।
राष्ट्रपति प्रबोवो सुबियान्तोले आफ्नो निर्वाचन प्रचारका बेला गरेको वाचाअनुसार विद्यालयमा निःशुल्क खाजा वितरण गर्ने कार्यक्रममा लागि बजेट उपलब्ध गराउन शिक्षा क्षेत्रको बजेट काटेको प्रदर्शनकारीहरूको आरोप छ।
राष्ट्रपतिको कार्यालयले बजेटमा भएको परिवर्तनले शैक्षिक क्षेत्रमा दुष्प्रभाव नपर्ने दाबी गरेको छ। तर विद्यार्थीहरूले सर्वसाधारण जनतालाई पनि आन्दोलित हुन र सडकमा आएर आफूलाई साथ दिन आह्वान गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



