'म शवहरूले घेरिएको थिएँ, उनीहरूले मलाई भूत सम्झे'

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘म शवहरूले घेरिएको थिएँ, उनीहरूले मलाई भूत सम्झे’
'म शवहरूले घेरिएको थिएँ, उनीहरूले मलाई भूत सम्झे'

सन् २००४ मा इन्डोनेशियाको आचेह प्रान्तमा आएको सुनामीका बेला मार्टुनिस जम्मा सात वर्षका थिए।

सुनामीले उनकी आमा र भाइबहिनीहरूको ज्यान लियो। उक्त विपद्‌का कारण एशियामा कुल दुई लाख ३० हजार जनाभन्दा धेरै मानिसको ज्यान गएको बताइएको छ।

समुद्रमा तीन हप्ता बाँचेपछि 'चामत्कारिक बालक' भनिएका मार्टुनिसको कथा 'भाइरल' भयो र यसले चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको ध्यान खिच्यो।

सुनामीको दुई दशकपछि बीबीसी इन्डोनेशियालाई दिएको अन्तर्वार्तामा मार्टुनिसले सुनामीका बेलाका आफ्ना सम्झना साटेका छन् र उक्त त्रासदीपछिको आफ्नो जीवनबारे बताएका छन्।

हेर्नुहोस् यो भिडिओ।

सुनामीमा बाँचेका मार्टुनिस सर्बिनी

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।