चाडबाडका बेला बिदा बस्न नपाई काम गर्नेहरूको दशैँ कस्तो?
नेपालीको महान् चाड दशैँमा प्रमुख पाटो पारिवारिक जमघट पनि हो।
दशैँ तथा तिहारजस्ता चाडपर्वमा छुट्टी नपाउँदा जोसुकैलाई खल्लो लाग्छ।
तर अत्यावश्यक सेवा क्षेत्रमा काम गर्ने कैयौँले दशैँ तिहारजस्ता मुख्य चाडपर्वमा पनि बिदा पाउँदैनन्।
डाक्टर, नर्स, सुरक्षा क्षेत्रमा काम गर्नेहरू, फोहोर मैला व्यवस्थापन गर्नेहरू, विमानमा काम गर्नेहरू र सञ्चारकर्मीहरू लगायतका क्षेत्रमा काम गर्नेहरू धेरैले दशैँमा छुट्टी नलिई काम गर्ने गर्छन्। उनीहरूसँग काममा खटिनुको विकल्प हुँदैन।
यस्ता केही पेसामा रहेकाहरूले दशैँमा कसरी घरभन्दा काममा व्यस्त रहने गरेका छन्? सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



