'यी दाइले यो दशैँमा बिदा पाए कि नाइँ?'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'यी दाइले यो दशैँमा बिदा पाए कि नाइँ?'

विसं २०६१ सालमा सशस्त्र प्रहरीको श्रव्यदृश्य शाखाले तयार पारेको ‘धानको बाला झुलाउँला मायालाई बोलाउँला’ लयमा शब्द थपेर तयार पारेको गीत हरेक दशैँमा सञ्चार माध्यममा बज्ने गर्छ ।

र त्यो गीतमा अभिनय गरेका फौजी दीपक कोइरालाको विभिन्न सामाजिक सञ्जालमा ट्रोल र मिम पनि बन्ने गर्छन्।

जयनन्द लामाले गाएको लोकगीत धानको बाला झुलाउँला मायालाई बोलाउँला भन्ने गीतको लयमा सुरक्षाकर्मीको भावना झल्काउने गीत बनाए दीपक कोइरालाले।

गीतमा बीच बीचमा उनले आवाज पनि दिएका छन्। 

सशस्त्र प्रहरीको श्रव्य दृश्य शाखामा कार्यरत रहँदा उनले सृजना गरेका दशैँका अरू गीतहरू पनि चर्चित छन्। 

"मैले मेरो कर्तव्य निर्वाह गर्नका लागि गीत बनाएको थिएँ। तर धेरै वर्षसम्म पनि मैले बनाएको गीत र मेरो बारेमा ट्रोल हुँदा बडो आनन्द लाग्छ," उनले बीबीसी न्यूज नेपालीलाई भने। 

दीपक कोइरालासँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्। 

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।