‘आत्मबल भए सफल हुन सकिँदो रहेछ’

‘आत्मबल भए सफल हुन सकिँदो रहेछ’

घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले सगरमाथा चढ्न सोचेजस्तो सजिलो नभएको बताएका छन्।

शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका उनले फर्कने क्रममा आधार शिविरबाट सोमवार बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन्।

रोल्पामा जन्मेका उनले घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो सगरमाथा आरोही बन्दै विश्व कीर्तिमान बनाएका हुन्। कृत्रिम खुट्टाको सहयोगमा उनले सगरमाथा आरोहण गरे।

उनले सन् २०१० मा ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टा गुमाएका थिए।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।