तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वाग्नर समूहको त्रास र अन्योलबीच रुसको सर्वोच्च शिखर चढेका नेपाली
रामेछापमा जन्मिएका ३१ वर्षीय प्रकाशराज पाण्डेले निकै त्रास र अन्योलबीच युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रुस आरोहण गरेको बताएका छन्।
रुसमा अवस्थित उक्त पर्वत आरोहण गर्न उनी जून २२ मा मस्को पुगेका थिए। तर उनी पुगेकै भोलिपल्ट रुसलाई भाडाका सैनिकहरू उपलब्ध गराउने वाग्नर समूहले सैन्य विद्रोहको उद्घोष गरेको समाचारहरू आए।
तत्पश्चात् उत्पन्न अन्योल र त्रास तथा परिवारले फर्कन गरेको दबाबपूर्ण आग्रहबीच उनले कार्य तालिका छोट्याएर आरोहण गरेका हुन्।
नेपालमा सगरमाथा, मनासलु, आमादब्लम लगायतका ६ वटा हिमालको आरोहण गरिसकेका उनी हाल सात वटा महादेशका सबैभन्दा अग्ला पर्वत चढ्ने अभियानमा रहेको बताउँछन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।