'म परम्परावादी परिवारमा हुर्किएँ': एशियाली मूलका ब्रिटिश ड्र्याग कलाकारको अनुभव
'लेडी बुशरा' नामले चिनिने अमिर डीन यूकेका सर्वाधिक चर्चित 'ड्र्याग कलाकार'मध्ये एक हुन्।
यी समलिङ्गी पुरुष विगत चार वर्षदेखि 'लेडी बुशरा' का नाममा महिलाको शृङ्गार र पोसाक लगाएर मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएका छन्।
यस क्रममा उनी कार्यक्रमका लागि विश्वका विभिन्न सहरमा पुगिसकेका छन्।
केही दिनअघि उनले यूकेभरि यात्रा गरेर कार्यक्रम गर्न थालेका छन्। त्यसलाई उनले 'सारी अबाउट इट' नाम दिएका छन्।
समलिङ्गीका रूपमा यूकेकै दक्षिण एशियाली समुदायमा हुर्कँदाको अनुभव तथा व्यावसायिक सफलताका लागि आफूले गरेको सङ्घर्षबारे उनले बीबीसीसँग कुरा गरेका छन्।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



