कैँची सङ्कलन गर्ने बानीका कारण टिकटकमा चर्चित युवती

कैँची सङ्कलन गर्ने बानीका कारण टिकटकमा चर्चित युवती

झुप्पाबाट अङ्गुर काट्नका लागि होस् कि कपाल छोट्ट्याउनका लागि, सिड्नी हार्डिङको सङ्ग्रहमा विभिन्न प्रयोजनका र विभिन्न शैलीका गरी सयौँ कैँचीहरू छन्।

लन्डनमा बस्ने यी २४ वर्षीया युवतीले कैँची सङ्कलनमा अस्वाभाविक रुचि देखाएकी छन्। उनले टिकटकमा पोस्ट गरेका कैँचीसँग सम्बन्धित भिडिओ लाखौँ मानिसले हेरेका छन्।

त्यस्ता भिडिओमा कैँची भएको बाकस खोलेको देखाउँदै उनी आफूले उक्त कैँची कसरी हासिल गरिन् भन्ने व्याख्या गर्छिन्।

उनलाई 'अटिजम' छ। उनी "संवेदनात्मक अनुभूति"का कारण कैँची सङ्ग्रह गर्ने बानी परेको बताउँछिन्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।