नेपालमा धैरै बालबालिकाको मृत्युपछाडिका मुख्य कारण के
नेपालमा प्रत्येक वर्ष पाँच वर्षमुनिका प्रत्येक १,००० जना बालबालिकामा ३३ जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयमातहतका एक जना अधिकारीले बताएका छन्।
त्यसरी बालबालिकाको मृत्यु हुनाको प्रमुख कारक भने निमोनिया रहेको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमले बताए।
उनका अनुसार बालबालिका मृत्युको अन्य कारणमा झाडापखाला, औलो (मलेरिया), दादुरा र घाउचोटलगायत रहेका छन्। सरकारले सन् २०३० सम्ममा उक्त मृत्युदर ३३ जनाबाट घटाएर २० भन्दा कम पार्ने लक्ष्य लिएको बताइएको छ।
हेर्नुहोस कमल परियारले बनाएको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



