भारतले पठाएको प्रज्ञान रोभर चन्द्रमाको सतहमा यसरी ओर्लियो

भारतले पठाएको प्रज्ञान रोभर चन्द्रमाको सतहमा यसरी ओर्लियो

भारतीय अन्तरिक्ष निकाय 'इसरो' ले चन्द्रयान-३ को रोभर पहिलो पटक चन्द्रमाको सतहमा ओर्लिएको भिडिओ दृश्य सार्वजनिक गरेको छ।

उक्त भिडिओमा प्रज्ञान नामक रोभर चन्द्रयान-३ को ल्यान्डरबाट भर्‍याङ हुँदै तल गएको देखिन्छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा सुरक्षित रूपमा पहिलो पटक अन्तरिक्षयान पुगेको केही घण्टापछि उक्त भिडिओ खिचिएको हो।

विक्रम नामक ल्यान्डर अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेको थियो।

चन्द्र सतहमा हिँडडुल गर्न सक्ने गरी बनाइएको रोभरलाई विक्रम ल्यान्डरभित्र राखेर लगिएको थियो। प्रज्ञान नामक रोभरको तौल २६ किलोग्राम छ।

त्यहाँको चट्टानी र ठूला खाडलहरू भएको सतहमा घुमेर उक्त रोभरले महत्त्वपूर्ण तथ्याङ्क र तस्बिरहरू विश्लेषणका लागि पृथ्वीमा पठाउने छ।

प्रज्ञानमा जडान गरिएका दुईवटा वैज्ञानिक उपकरणहरूले चन्द्र सतहमा उपलब्ध खनिजहरूका प्रकारहरू पत्ता लगाउनुका साथै त्यहाँ रहेको माटोको रासायनिक संरचनाबारे अध्ययन गर्ने छ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।