इजरेली हवाई आक्रमणका कारण गाजामा यस्तो विध्वंस

इजरेली हवाई आक्रमणका कारण गाजामा यस्तो विध्वंस

हमासले गरेको अप्रत्याशित आक्रमणको जबाफमा इजरेलले गाजा क्षेत्रमा चार दिनदेखि निरन्तर हवाई हमला गरिरहेको छ।

गत शनिवार प्यालेस्टिनी लडाकु समूहले हमासले इजरेलमा भीषण आक्रमण गर्दा ज्यान जानेहरूको सङ्ख्या १,२०० पुगेको छ। उक्त आक्रमणलाई इजरेलको ७५ वर्षे इतिहासमा भएको सबैभन्दा नराम्रो घटना मानिएको छ।

मृत्यु हुनेमा नेपालीसहित विदेशी नागरिकहरू पनि छन्।

इजरेलले गरेको हवाई आक्रमणका कारण गाजामा ज्यान गुमाउने मानिसको सङ्ख्या ९०० नाघेको छ। त्यस क्रममा हमासका दुई वरिष्ठ अधिकारी पनि मारिएको बताइएको छ।

इजरेलले हवाई आक्रमण गर्न थालेपछि गाजाबाट २,६०,००० जनाभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

इजरेली आक्रमणका कारण गाजा सहरमा ठूलो विध्वंस भएको छ। हेर्नुहोस् ड्रोनबाट खिचिएका केही दृश्य।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।