पृथ्वीको सबैभन्दा सुक्खा मरुभूमिमा ढकमक्क फूल
पृथ्वीको सबैभन्दा सुक्खा मरुभूमिमा ढकमक्क फूल
चिलेस्थित आताकामा मरुभूमिलाई पृथ्वीको सबैभन्दा सुक्खा ठाउँ मानिन्छ। तर यसपालि चाँडै वर्षा भएपछि अहिले सो स्थानमा यत्रतत्र भुइँ रङ्गिने गरी ढकमक्क फूल फुलेको देखिन्छ।
"फूलको मरुभूमि" पनि भनिने आताकामामा प्रत्येक पाँचदेखि सात वर्षमा ठूलो वर्षा हुँदा बालुवा पुरिएको बीउबाट ससाना वनस्पति उम्रिन्छन् र फुल्छन्।
'एल नीन्यो' भनिने मौसमी प्रक्रियाका कारण त्यहाँ हिउँद सुरु हुनुअघि ठूलो पानी परेको ठानिन्छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



