मोदीको नक्कल गर्दै ट्रम्पले कोट्याए भारत-पाकिस्तान लडाइँको प्रसङ्ग
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी "प्रभावशाली" तर "निकै कठोर" व्यक्ति भएको बताएका छन्।
दक्षिण कोरियामा आयोजित एशिया प्यासिफिक इकोनमिक कोअपरेशन (एपेक) को शिखर सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पले मोदीबारे टिप्पणी गरेका हुन्।
आफ्नो मन्तव्यका क्रममा ट्रम्पले गत मे महिनामा भारत र पाकिस्तानबीच चलेको सङ्घर्षबारे मोदीसँग भएको छलफलको प्रसङ्ग उठाउँदै मोदीले भनेको कुराको उनकै शैलीमा नक्कल गरेका थिए।
केही दिन चलेको उक्त द्वन्द्वका कारण दुवै देशमा केही मानिसहरूको मृत्यु भएको थियो। तर पछि दुवै पक्ष तनाव मत्थर गर्न सहमत भए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



